काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ ।
बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको भट्टराई र यादव समूहको कार्यकारिणी समिति बैठकले निर्वाचन आयोगको निर्णय पारदर्शी नभएको निष्कर्ष निकाल्दै पार्टी आधिकारिताका लागि आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको हो ।
जसपा प्रवक्ता डम्बर खतिवडाले कार्यकारिणी समितिका बुहमत सदस्य निर्वाचन आयोगमा सशरीर उपस्थित भएर पार्टी आधिकारिताको दाबी गर्ने बताए ।
५१ सदस्यीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित भट्टराई–यादव समूहको बैठकले पार्टी आधिकारिकता दाबी गर्न आयोगमा पुनः जाने निर्णय गरेको छ ।
‘बैठकले आधिकारिकता दाबी गर्न नागरिकतासहित बहुमत सदस्य निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ’ खतिवडाले भने ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ असार २०७८, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै