काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ ।
बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको भट्टराई र यादव समूहको कार्यकारिणी समिति बैठकले निर्वाचन आयोगको निर्णय पारदर्शी नभएको निष्कर्ष निकाल्दै पार्टी आधिकारिताका लागि आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको हो ।
जसपा प्रवक्ता डम्बर खतिवडाले कार्यकारिणी समितिका बुहमत सदस्य निर्वाचन आयोगमा सशरीर उपस्थित भएर पार्टी आधिकारिताको दाबी गर्ने बताए ।
५१ सदस्यीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित भट्टराई–यादव समूहको बैठकले पार्टी आधिकारिकता दाबी गर्न आयोगमा पुनः जाने निर्णय गरेको छ ।
‘बैठकले आधिकारिकता दाबी गर्न नागरिकतासहित बहुमत सदस्य निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ’ खतिवडाले भने ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ असार २०७८, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व