काठमाडौं । कोरोनाभाइरस सङ्क्रणबाट यहाँ दुईजनाको निधन भएको छ । ती मध्ये एक सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता (युजिआइ ब्लिडिङ)का कारण मृत्यु भएको छ ।
तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको आज पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो । यही जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनी सहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो । उनीका श्रीमान पनि सङ्क्रमित भइ अस्पतालमा उपचाररत छन् ।
होम आइसोलेसनमा रहेकी ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल पु¥याइएको जनाइएको छ । सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता गर्ने समस्याका कारण ज्यान गएको जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहले जानकारी दिए ।
विशेषतः कोरोनाजस्ता जटिल अवस्थामा हुने मद्यपानले यस प्रकारका समस्या निम्त्याउने गरेको उहाँको भनाइ छ । जिल्लामा विहीबार पनि दुई सङ्क्रमितको मृत्यु थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ जेठ २०७८, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु