काठमाडौं । पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता पाउन सकेको छैन । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरे पनि नेपाल–खनाल समूहले ६ बुँदे प्रस्तावमा आशंका गर्ने ठाउँहरू बढी पाइएको भन्दै अससहमति जनाएको थियो ।
यसअघि, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा)का राजेन्द्र महतो र महन्थ ठाकुर पक्षलाई समेटेर १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन आफैंसँग राखेका छन् । यी सबै महत्वपूर्ण मन्त्रालयको रूपमा रहेका छन् ।
गृह मन्त्रालयमा को जाने भन्नेमा हाल पार्टीभित्र हानथाप परेको छ । गृहमा युवा नेता महेश बस्नेतको चर्चा बढी छ । प्रधानमन्त्री ओलीले अहिलेको समयमा गृह हाँक्नका लागि सक्षम व्यक्ति बस्नेत नै रहेको भन्दै बस्नेतलाई नै गृहमन्त्री बनाउने मनस्थिति बनाएको बताइएको छ । यद्यपि, केहीले बस्नेतलाई सञ्चार मन्त्रालयमा लैजान सुझाउँदै आएका छन् ।
यस्तै खगराज अधिकारी र कर्णबहादुर थापाको नाम पनि गृहमन्त्रीका रूपमा चर्चामा छ । मन्त्री हुने चर्चामा रहेका अन्यहरूमा विशाल भट्टराई, राजेन्द्र गौतम, नारादमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत छन् ।
यता, नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरूले पनि केही महत्वपूर्ण मन्त्रालय माग गरेको स्रोतले बतायो । मौजुदा मन्त्रिपरिषद्मा माओवादी केन्द्र परित्याग गरेका कोही मन्त्रीहरू अहिले अटाएका छैनन् । यसअघि, गृहमन्त्री रामबहादुर थापा बादलसहित सात मन्त्री सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण ६ जेठमा पदमुक्त भएका थिए । माओवादी केन्द्रबाट आएका नेताहरूले सातवटै मन्त्रालय माग गर्दै आएका छन् ।
यसअघि, प्रधानमन्त्री ओलीले झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमहरूको साथ छाड्ने दुई जनालाई मन्त्री बनाइसकेका छन् । रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २६ जेठ २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
प्रदेश प्रमुख अस्वस्थ भएपछि बागमतीका नवनियुक्त मन्त्रीको शपथ कार्यक्रम स्थगित
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
दुई मन्त्रीको गाडी आपसमा ठोक्किएर दुर्घटना
कर्मचारीसँग घुस नमागेको दाबी गर्दै मन्त्रीले भने : ‘खादै नखाको विषले जिउँदै मार्यो’