काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।
बदलिँदो राजनीतिक परिस्थितिकाबीच कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार यी दुई नेताबीच भेटवार्ता भइरहेको हो।
एमाले अध्यक्ष ओलीले आइतवार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने बताएका छन् । माधव नेपालले ओलीको प्रस्ताव लगत्तै आइतवार राति पनि प्रचण्डसँग छलफल गरेका थिए ।
आज पनि आफूनिकट नेताहरुको बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन् । प्रचण्ड र माधव नेपाल विगत एक वर्षदेखि नै ओलीविरुद्ध एक ठाउँमा छन् । अहिले पार्टी अलग भए पनि नेपाल र प्रचण्डबीच गठबन्धन जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ जेठ २०७८, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ले गरे नाडा अटो सो’को अवलोकन
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
‘प्रचण्ड’ र माधव नेपालबीच छलफल
सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ: प्रचण्ड
जागरण अभियानले जनतामा आशा जागेको छ: ‘प्रचण्ड’