काठमाडौं । पृथ्वीदेखी चन्द्रमासम्म विकासमा चमत्कार गरेको चीनले पानीको अभावको समस्या समाधान गर्न हजार किलोमिटर दुरीको जलरेखा निर्माण गरी अर्को चमत्कार गरेको छ ।
चीनले उत्तरी क्षेत्रको पानी अभाव समस्याको समाधान गर्नका लागि सन् २००२ देखि दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजनाको काम थालेको थियो । उक्त परियोजना अनुसार, दक्षिणको प्रशस्त जलस्रोत साधनलाई राजधानी पैचिङ लगायतको उत्तरी क्षेत्रतिर पुर्याइने छ ।
उक्त परियोजनाले उत्तरी क्षेत्रका वासिन्दाको खानेपानी समस्याको समाधानका साथै आर्थिक तथा सामाजिक विकासलाई बढाउन ठूलो भूमिका निर्वाह गरेको चीनका राष्ट्राध्यक्ष सी चिन फिङको धारणा छ । राष्ट्राध्यक्ष सीले सो जलरेखाको निरिक्षण समेत गरेका छन् ।
उक्त परियोजनाको निर्माण तथा व्यवस्थापन अवस्थाबारे जानकारी राष्ट्राध्यक्ष सीले लिएको चिनिया सञ्चार माध्यामहरुले जनाएका छन् । यो परियोजना निर्माणकै क्रममा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?