काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटको डिलैमा पुगेका छन् । अब फुटको घोषणा गर्नमात्र बाँकी छ । दुबै समूह आ–आफ्नो बाटो लाग्ने अन्तिम तयारीमा पुगेका छन् ।
दुबै समूहबाट फुटको अन्तिम अस्त्र प्रयोग भइरहेको छ । दुबै समूह एकले अर्कालाई २४ घन्टे स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने तयारीमा यतिबेला छन् । पार्टीका अध्यक्षद्वयले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको २४ घण्टे म्याद आजै सकिँदैछ । दुबै समूहले त्यसपछि निष्कासनको घोषणा गर्ने सम्भावना रहेको छ ।
यसअघि दुबै अध्यक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) ले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि शनिबार फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधिएका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेको पौने २ घण्टापछि अध्यक्ष ठाकुरले पनि शनिबारै २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
चितबुझ्दो जवाफ नआए दुबै समूहले राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन समेतको कारवाही हुने चेतावनी दिएका छन् । यादवले ठाकुर पक्षलाई सोधेको स्पष्टीकरणको २४ घण्टे म्याद आज दिउँसो १ एक बजे सकिँदैछ । ठाकुरले सोधेको स्पष्टीकरणको म्याद आज दिउँसो ३ बजे सकिँदैछ ।
शनिबार दुवै पक्षले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासित गर्ने चेतावनी दिएको आज २४ घण्टा पुग्ने भएकाले एकले अर्कालाई कारवाही गर्ने सम्भावना देखिएको छ । त्यसपछि पार्टीको आधिकारिकताका लागि दाबी सुरु हुनेछ र निर्वाचन आयोगमा एक अर्काले आधिकारिकताका लागि दाबी प्रस्तुत गर्नेछन् ।
कार्य समिति र कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत छ । विघटित संसदीय दलमा भने अध्यक्ष महन्थ ठाकुरको बहुमत छ । राजनीतिक दलसम्बन्धी ऐन अनुसार कार्यसमितिमा जसको बहुमत हुन्छ, त्यसले आधिकारिकता पाउनेछ । अध्यक्ष ठाकुर जसपामै आधिकारिकता खोज्ने नभए राजपा नेपाल ब्युँत्याउने भन्ने छलफलमा जुटेका छन् । अध्यक्ष उपेन्द्र आफूले आधिकारितकता पाउनेमा विश्वस्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै