काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटको डिलैमा पुगेका छन् । अब फुटको घोषणा गर्नमात्र बाँकी छ । दुबै समूह आ–आफ्नो बाटो लाग्ने अन्तिम तयारीमा पुगेका छन् ।
दुबै समूहबाट फुटको अन्तिम अस्त्र प्रयोग भइरहेको छ । दुबै समूह एकले अर्कालाई २४ घन्टे स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने तयारीमा यतिबेला छन् । पार्टीका अध्यक्षद्वयले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको २४ घण्टे म्याद आजै सकिँदैछ । दुबै समूहले त्यसपछि निष्कासनको घोषणा गर्ने सम्भावना रहेको छ ।
यसअघि दुबै अध्यक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) ले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि शनिबार फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधिएका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेको पौने २ घण्टापछि अध्यक्ष ठाकुरले पनि शनिबारै २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
चितबुझ्दो जवाफ नआए दुबै समूहले राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन समेतको कारवाही हुने चेतावनी दिएका छन् । यादवले ठाकुर पक्षलाई सोधेको स्पष्टीकरणको २४ घण्टे म्याद आज दिउँसो १ एक बजे सकिँदैछ । ठाकुरले सोधेको स्पष्टीकरणको म्याद आज दिउँसो ३ बजे सकिँदैछ ।
शनिबार दुवै पक्षले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासित गर्ने चेतावनी दिएको आज २४ घण्टा पुग्ने भएकाले एकले अर्कालाई कारवाही गर्ने सम्भावना देखिएको छ । त्यसपछि पार्टीको आधिकारिकताका लागि दाबी सुरु हुनेछ र निर्वाचन आयोगमा एक अर्काले आधिकारिकताका लागि दाबी प्रस्तुत गर्नेछन् ।
कार्य समिति र कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत छ । विघटित संसदीय दलमा भने अध्यक्ष महन्थ ठाकुरको बहुमत छ । राजनीतिक दलसम्बन्धी ऐन अनुसार कार्यसमितिमा जसको बहुमत हुन्छ, त्यसले आधिकारिकता पाउनेछ । अध्यक्ष ठाकुर जसपामै आधिकारिकता खोज्ने नभए राजपा नेपाल ब्युँत्याउने भन्ने छलफलमा जुटेका छन् । अध्यक्ष उपेन्द्र आफूले आधिकारितकता पाउनेमा विश्वस्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा