काठमाडौं । कोरोना (कोभिड–१९) महामारीविरुद्ध लक्षित बजेटले राष्ट्रसेवक कर्मचारीको मनोबल उठाउन सबै कर्मचारीको समान तलबमान वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गर्नुभएको बजेटमा राष्ट्रसेवक कर्मचारीको मासिक दुई हजार रुपियाँ तलबमानमा वृद्धि गरेको छ । यसअघि दिइँदै आएको महँगी भत्तालाई कायमै राखिएको जनाइएको छ ।
दक्षिण एसियाका अन्य मुलुकसँग तादात्म्यता कायम गर्न तलबमान सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न विशेषज्ञ सम्मिलित पे–कमिसन गठन गर्नेसमेत बजेटमा उल्लेख छ ।
त्यस्तै सरकारले प्रादेशिक तहका अस्पतालसँगको सहकार्यमा निजामती अस्पतालको सेवा विस्तार गर्ने भएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १६ जेठ २०७८, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा