काठमाडौं । एमाले नेता घनश्याम भुसालले फेसबुकबाटै प्रधानमन्त्री समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् । एमाले स्थायी कमिटी बैठकले उनीसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि उनले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन् ।
मेरो स्पष्टिकरणः
म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिन । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु ।
उनले भनेका थिए : नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।
घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।
गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल
मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु: घनश्याम भुसाल
नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ: घनश्याम भुसाल