टोल–टोलमा संक्रमण फैलियो

पत्रपत्रिकाबाट

बुधबार, १२ जेठ २०७८, ०८ : १८
टोल–टोलमा संक्रमण फैलियो

काठमाडौं । कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै छ।

 बागलुङको गलकोट नगरपालिकाका वडाध्यक्ष हिम भण्डारीले गाउँमा संक्रमण फैलिनुको मुख्य कारण लक्षण नभएका संक्रमित व्यक्तिले भेटघाट र हिँडडुल गर्नु रहेको बताए। 

लक्षण नभएका वा अलि–अलि लक्षण भएका संक्रमितले आफूलाई कोरोना नभई सामान्य रुघाखोकी लागेको हो भन्ने ठानेर हिँडडुल र भेटघाट गर्दा नगरपालिकाका केही टोलमा संक्रमण फैलिएको पाइएको उनले बताए। ‘संक्रमित तर लक्षण नदेखिएका व्यक्ति गाउँघरमा घुमफिर गरेको देखियो’, उनले भने, ‘टोलै संक्रमित हुनुमा यही कारण देखिन्छ।’ 

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका पल्मोनरी तथा वरिष्ठ छातीरोग विशेषज्ञ डा। निरज बमका अनुसार मंगलबार नै ओखलढुंगाको विकट गाउँबाट हेलिकोप्टरमा संक्रमणले सिकिस्त व्यक्तिलाई ल्याइएको छ। 

अहिले काठमाडौंवासीभन्दा विकट गाउँबाट उपचारमा आउने बिरामीको चाप अस्पतालमा बढिरहेको उनको भनाइ छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस