वाग्मती । मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । बयालीस वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई सोमबार हेटौँडा–८ कमानेबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ९ गते दिउँसो हेटौँडा–१० न्यूरेनीस्थित भुटनदेवी सामुदायिक वनमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा शव मगरको रहेको पहिचान खुलेको थियो ।
पहिचान खुलेपछि प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमान् बारा जिल्ला निजगढ नगरपालिकाअन्तर्गत रामथली घर भई हाल हेटौँडा–१० बस्ने ५४ वर्षीय माइला भनिने कृष्णबहादुर मोक्तानले टहराभित्र वादविवाद हुँदा कुटपिट गरेको र नजिकैको न्यूरेनीस्थित भूटनदेवी सामुदायिक वनमा लगी फालेको खुल्न आएको प्रहरीले जनाएको छ । मोक्तानलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ जेठ २०७८, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ