काठमाडौँ । नेकपा एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि नेता भीम रावलले हास्यास्पद भन्दै टिप्पणी गरेका छन् ।
‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ,’ कारबाहीबारे रावलको प्रतिक्रिया छ, ‘यो केपी गुटको फुटवाद कै निरन्तरता हो।’
सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधवकुमार नेपाल, रावल लगायत ११ जना नेता तथा विघटित संसदका सांसदलाई पार्टीको साधरण सदस्यबाट समेत निष्कासित गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै