कैलाली । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले अन्तरिम सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न वातावरण बनाउनुपर्ने बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले यही मङ्सिर १२ गते धनगढीमा आयोजना गर्न गइरहेको पार्टी एकता सन्देशसभाको तयारीबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता डा. रावलले आन्दोलनमा खोसिएका बन्दुक, गोलीलगायत हातहतियार यथा समयमा फिर्ता गराउनुपर्ने बताए।
नेपाली जनतालाई निर्धक्कसँग उनीहरूको पेशा, व्यवसाय, राजनीतिलगायत कुरा शान्तिपूर्ण रुपमा नेपालको संविधानले दिएको हक अधिकार बमोजिम उपभोग गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
पार्टी एकतापछि विभिन्न सन्देश जनसमुदायसम्म पुर्याउन कार्यक्रम आयोजना गर्न लागिएको नेता रावलले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल