काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।
खासगरी सर्वोच्च अदालतबाट ब्यूँतिएको एमालेमा ह्वीप उल्लंघन, विपक्षीसँग मिलेर चुनावमा आफ्ना नेतालाई पराजित र विपक्षीकै नेतृत्वमा सरकार बनाउने कोशिश गरेको आरोप लगाएर नेपालसहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय ओलीले गरेका छन् ।
उनले सोमबार बालुवाटारमा आफू पक्षीय स्थायी कमिटी बैठकमार्फत पछिल्लो पटक आफ्नो स्पष्टीकरणको जबाफ नदिएका सासदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका हुन् ।
शनिबार बालुवाटारमा बसेको उनी पक्षीय पार्टीको स्थायी कमिटी बैठकले विपक्षीलाई साथ दिएको आरोपमा ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने र उनीहरुको जबाफ चित्तबुझ्दो नआए त्यसै अनुसार कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
पार्टी सदस्यबाटै निष्कासन गरिएका नेताहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का रहेका छन् । पार्टीविरुद्ध गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पार्टीबाटै निष्कासन गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी
पार्टी गतिविधिलाई समयानुशासनमा केन्द्रित गरिने एमालेको प्रतिबद्धता
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने