काठमाडौं । सोमबार सेयर बजारले अर्को ऐतिहासिक रेकर्ड कायम गरेको छ । पछिल्लो समय दैनिकजसो नयाँ रेकर्ड बनाउँदै आएको बजारले आज पनि रेकर्ड बनाएको हो ।
सोमबार १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बजार ३.७ अंकले बढेर २८२३.६ बिन्दुमा अडिएको छ । पाँच वटा समुहमा हरियाली छाएको छ भने बाँकी समुह घटेको छ ।
४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । बरुण हाइडोपावरको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिसेयर ४ सय ४२ रुपैयाँ कायम भएको छ । हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीकासबैभन्दा बढी कारोबार भएको छ । यसको १ अर्ब २५ करोड बढीको सेयर खरिद बिक्रि भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार
बढ्यो सेयर बजार, ९ अर्ब ५० करोडको कारोबार
सेयर बजारले नाघ्यो २७ सय विन्दु