काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने बताएको छ ।आइतबार बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले जनताको अभिमत र शक्तिबाटै राजनीतिक कमजोरी र विकृति समाधान गर्न सकिने भए पनि महामारी नियन्त्रण नभएसम्म चुनाव निष्पक्ष र स्वतन्त्र नहुने निश्कर्ष निकालेको हो ।
कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ। यस्तो डरलाग्दो महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको छ । कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निषपक्ष चुनाव हुन सक्दैन’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।
राप्रपाले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न र आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न सरकारसँग माग गरेको नेता मोहन श्रेष्ठले बताए ।
त्यस्तै चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न पनि राप्रपाले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, १७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै
राप्रपाले भन्यो : ‘जेन जेड विद्रोहको बलिदानलाई निष्कर्षमा नपुर्याई सम्झौता गरिनु गम्भीर चूक’
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ