काठमाडौं । प्रतिनिधिसभाको कात्तिक २६ र मंसिर ३ गते हुने निर्वाचनका लागि ८ अर्ब रूपैयाँ लाग्ने अनुमान निर्वाचन आयोगको छ।
यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमै दुई चरणमा निर्वाचन घोषणा भएको बेला आयोगले सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रूपैयाँ माग गरेको थियो। तर फागुनमा सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि आयोगले सबै तयारी स्थगित गरेको थियो।
यसअघि गरिएका मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र र स्थल निर्धारणलगायत तयारीले अब हुने निर्वाचनलाई सहज हुने प्रमुख आयुक्त दिनेश थपलियाले बताए।
‘यसअघि निर्वाचनका लागि गरिएका तयारीले आगामी निर्वाचनलाई काम दिन्छ,’ उनले भने, ‘त्यतिबेलाभन्दा अहिले कोरोना व्यवस्थापन र स्वास्थ्य सुरक्षा सतर्कतामा जोड दिनुपर्ने भएकाले केही बजेट बढ्न सक्छ, समग्रमा ८ अर्ब हाराहारीमा खर्च लाग्ने प्रारम्भिक अनुमान छ, अब हामी केही दिनमै बसेर बजेट अनुमान गरी सोहीबमोजिम सरकारसँग माग गर्छाैं।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०९ जेठ २०७८, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज