शेरवहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १५ : ३६
शेरवहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर

काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउने प्रस्ताव गरिएको छ । देउवासहितको १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले शितल निवास पुगेर दावी प्रस्तुत गरेको छ ।

एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर भएको कांग्रेसले जनाएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस