काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन निर्वतमान सभापति शेरवहादुर देउवा पक्षले ४ बुँदे शर्त अगाडी सारेको छ । सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग कांग्रेसको सस्थापन इतर पक्ष (देउवा पक्ष)ले त्यस्तो चार बुँदे प्रस्ताव गरेको हो ।
यधपी, थापा पक्षले भने पार्टीको आन्तरिक एकता जोगाउन ७ बुँदे प्रस्ताव अगाडी सारेको छ । सस्थापन पक्ष (गगन थापा) ले अगाी सारेको ७ बुँदे प्रस्तावमा पार्टी एकताको खास मोडालिटी नदेखिएको भन्दै इतर पक्ष सन्तुष्ट छैन ।
जसकाकारण इतर पक्षको नेतृत्व सम्हाल्दै आएका निर्वतमान कार्याबाहक सभापति पूर्णबहादुर खड्का र सभापति गगन थापाका बीचमा संवाद समेत हुन सकेको छैन । २२ वैशाख यता यी दुई नेताका बीचमा संवाद हुन नसकेको बताइएको छ ।
यधपी, उपसभापति विश्वप्रकाश शर्मा र खड्काका बीचमा भने २२ जेठमा पनि खड्का निवासमा छलफल भएको थियो । अब पनि एकताको मोडालिटी र निश्कर्षमा नपुगिए कुरेर नबस्ने निर्णयमा सस्थापनइतर समुह पुगेको छ ।
त्यसका लागि उनीहरुले जेठ मसान्तसम्मको अवधी दिएका छन् । जेठ मसान्तसम्म पनि सस्थापनले आफुहरुको माग बमोजिम पार्टी एकताको काम नगरे राष्टिय भेला बोलाएर अलग पार्टी निर्माणसम्मको कार्ययोजनामा इतरपक्ष जुटेको छ ।
यस अगाडी जेठ १५ मै अलग पार्टी घोषणाको तयारी गरिसकेको सस्थापनइतर समुहले केही दिन छलफल गर्ने र जेठ समान्त्सम्म सस्थापनलाई अल्टिमेटम दिने निश्कर्ष निकालेको थियो ।
तर पनि छलफल सकारात्मक नदेखिएपछि ४ प्रदेशको भेला सम्पन्न गरिसकेको सस्थापनइतर समुहले कोशी र मधेस प्रदेशमा आगामी शनिबार प्रदेश स्तरीय भेला गर्ने तयारी गरेको छ । त्यसपछि लुम्बिनी प्रदेशको भेला गरेर राष्टिय भेला गर्ने र भेलाबाट नयाँ पार्टी घोषणाको निर्णय गर्ने सम्मको तयारीमा सस्थापनइतर समुह छ ।
यस्ता छन् ४ बुँदे प्रस्ताव
सस्थापनइतर समुहले पार्टी एकताका लागि गगन थापासमक्ष ४ बुँदे प्रस्ताव अगाडी सारेको छ । ‘बुँदागत रुपमा त होइन, तर पनि मूलभूत रुपमा ४ वुँदामा केन्द्रीत रहेर हामीले प्रस्ताव गरेका छौं,’सस्थापनइतर समुहका एक नेताले सफलखबरसँग भने,‘हाम्रो त्यस्तो प्रस्तावको सकारात्मक जवाफ पाउन सकेका छैनौं ।’
उनका अनुसार, सस्थापन इतर समुहले विशेष महाधिवेशन र १४ औं महाधिवेशनबाट निर्वाचित कमिटिका बीचमा समायोजन गरेर १५ औं महाधिवेशनको तयारी गर्नुपर्ने प्रस्ताव सस्थापन पक्षसाग गरिएको छ । अहिले पनि १०९जना १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्य विशेष महाधिवेशनबाट निर्वाचन कमिटिमा समायोजन भएका छैनन । यसमध्येका केहीलाई पार्टीलाई चुनावमा अन्तघात गरेको लगायतका आरोपमा अनुशासन कारवाही गर्ने तयारी सस्थापनको छ ।
सस्थापन इतरले निम्नअनुसारको प्रस्ताव गरेको छ ।
१) १० पुस २०८२ सम्म नविकरण भएकालाई कायम राखेर त्यक्ति बेला छुट र अन्य दलबाट आएकालाई सदस्यता दिइनुपर्ने ।
२) विशेष महाधिवेशन र १४ औं महाधिवेशनको केन्द्रीय कार्यासमिति समायोजन गर्नुपर्ने, समायोजना गर्दा जो जुन पदमा छ, त्यसैमा समायोजना हुनुपर्ने ।
३) समायोजन भईसकेपछि मात्र महाधिवेशनसँग सम्वन्धित निर्णय लिनुपर्ने ।
४) महाधिवेशन तयारीका लागि संवेदनशील रहेका छानबिन, निर्वाचन र अनुशासन समिति सहमतिका आधारमा बनाइनुपर्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ जेठ २०८३, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै