काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले गगन थापा पक्षधरलाई मान्यता दिँदैछ भन्ने सूचना शुक्रबार दिउँसै शेरवहादुर देउवाले थाहा पाईसकेका थिए । दिउँसो १ बजेतिर उनी आफैले निर्वाचन आयोगमा आफनो स्रोत परिचालन गरेर सूचना लिईसकेका थिए ।
त्यसमाथी उनलाई एमाले अध्यक्ष केपी ओलीले पनि टेलिफोन गरी गगनलाई आयोगले बैधानिकता दिन लागेको सूचना दिएका थिए । ओलीका पालामा नियुक्त भएका पदाधिकारी अहिले पनि निर्वाचन आयोगमा छन् ।
आफ्नै आन्तरिक स्रोत परिचालन गरेर र एमाले अध्यक्ष ओलीबाट समेत आएको सूचनाका आधारमा पार्टी अब गगनको काँधमा पुगेको जानकारी देउवालाई भयो । त्यसपछि उनले आफ्नै पार्टी नेताहरुसँग के सूचना छ भनी ट्याली गर्न खोजे ।
देउवाको सचिवालय स्रोतका अनुसार, त्यसपछि उनले कार्यवाहक सभापति पूर्णवहादुर खड्कालाई फोन गरे । तर देउवाको फोन पूर्णवहादुरले उठाउन पाएनन । उनी त्यसबेला निर्वाचन आयोगमा दलबलसहित पुगेका थिए ।
खड्का निर्वाचन आयोग पुगेको देउवालाई थाहा थियो । उले त्यही निर्वाचन आयोगका पदाधिकारीसँग निरन्तर प्रतिवादमा खड्कालाई उतार्न चाहेका थिए । तर खड्कासँग फोन सम्वाद हुन नसकेपछि देउवा घरमै रन्थनिएर बसेका थिए ।
आयोगबाट फर्केपछि देउवाको फोन खड्काले थाहा पाए । तर त्यसपछि देउवासँग खड्काको कुरा भयो । खड्कासँग देउवाले आधिकारिकता को निर्णय आयोगले कहिले सुनाउँछ ? तपाईहरुसँग के सूचना छ भनी सोधे ? खड्का अलमलिए, देउवाले सोधेको जवाफ उनले दिन सकेनन । त्यसपछि खड्काले रमेश लेखकसँग संवाद गरे ।
खड्काले शुक्रवारै आयोगले निर्णय नदिई शनिबार दिनसक्ने सुनाए । तर देउवालाई शुक्रवार नै आयोगले निर्णय दिन लागेको सूचना थियो । उनले पार्टी परिचालन गरेर आयोगलाई शुक्रबार नै निर्णय दिनबाट रोक्ने रणनीतिमा निर्वाचन आयोगमा दवाव बढाउन पठाउने योजना बनाए । तर यो बेलासम्म ढिलो भईसकेको थियो ।
आयोगले बैठक बसेर आधिकारिकताका बारेमा छलफल चलाईसकेको थियो । त्यसपछि आयोगले गगनलाई आधिकारिकता दिएर जाने निर्णय बहुमतका आधारमा लियो ।
देउवा लगायत देउवा पक्षिय नेताहरुलाई यसपटकको कांग्रेस विभाजनमा पश्चिमाहरुले भूमिका खेलेको लागेको छ । त्यक्तिमात्रै होइन, सुशीला नेतृत्वको सरकारले पनि निर्वाचन आयोगमा दवाव बढाएर भूमिका खेलेको र सञ्चारमाध्यम पनि सबै मिसनमा गगनको पक्षमा लागेको देउवा पक्षको बुझाई थियो ।
आयोगले गगनलाई आधिकारिकता दिए लगत्तै कार्यवाहक सभापति खड्काकै नेतृत्वमा निर्वाचन आयोग अगाडी पुगेर कार्यकर्तालाई आन्दोलनमा उत्रन निर्देशन दिइएको थियो । साँझ सभापति देउवाको निवासमा अवको रणनीतिमा उनीहरुले छलफल गरेका थिए ।
उनले देउवासँग होइन, रमेश लेखकसँग सम्वाद गरे । त्यहा उनीहरुले आजै कार्यसम्पादन समितिको बैठक बसेर देशभर आन्दोलनको कार्यक्रम बनाएर सार्वजनिक गर्ने, तरुण दल, नेविसंघ लगायत भातृसंगठनलाई आन्दोलनमा उतार्ने, गगनको पार्टीमा नजाने र आइतबार अदालतमा रिट बोकेर जाने जस्ता विषयमा करिव कार्यक्रम तय गरेका छन् । उक्त कार्यक्रमलाई अहिले विहान बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने योजना देउवा कांग्रेसको छ ।
यसका अतिरिक्त अदालतले यस विषयमा ठोस डिसिजन नभएसम्म निर्वाचन हुन नदिने रणनीतिमा पनि अब देउवा पक्ष जान लागेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०८२, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने निर्वाचन आयोगद्वारा जानकारी
निर्वाचन आयोग पुगे देउवा पक्षका नेता–कार्यकर्ता
पर्सिबाट सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने
समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता
८५ पुग्यो बन्द सूचीबाट नाम फिर्ता लिनेको संख्या
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : निर्वाचन आयोग