काठमाडौं । भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृत्यु भएको छ । आफैलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ बर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो । काबलको स्थानीय प्रहरी अधिकारीहरुले पनि भिडियो बनाउदै गर्दा ती युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन् ।
“हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरण अनुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैले आफैलाई पेस्तोल प्रहार गरेको र निधन भएको पाइएको छ,” एक प्रहरी अधिकारीले भने ।
घटना भएको थाहा पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र शवलाई अस्पतालमा लगेर परीक्षण गराएको प्रहरीको भनाइ छ । निधन भएका हमिदुल्लाह टिकटकमा निकै चर्चित रहेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ जेठ २०७८, २२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध