विश्वसामु नेपालको प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन बोर्ड र टिकटकबीच साझेदारीको घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०८२, १७ : १९
विश्वसामु नेपालको प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन बोर्ड र टिकटकबीच साझेदारीको घोषणा

काठमाडौँ । नेपाल पर्यटन बोर्ड र टिकटकले संयुक्त साझेदारीको घोषणा गरेका छन्।

नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि यो सम्झौता भएको हो ।

यो पहलको केन्द्रमा ह्यासट्याग लाइफटाइम एक्सपिरियन्स रहेको छ, जुन क्रिएटरले लिड गर्ने एक अभियान हो र यसले विशेष इन-एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरूलाई नेपालका घुम्नैपर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ।

बोर्ड र टिकटकले एकसाथ स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरुसँग सहकार्य गर्नेछन्, जसअनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइनेछ र उनीहरूको यात्रालाई छोटा आकर्षक भिडियो बनाएर त्यसमार्फत संसारभरका दर्शकसामु नेपालका सुन्दर प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरू प्रस्तुत गर्नेछ।

प्रतिक्रिया दिनुहोस