ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरू अन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन शुक्रबार निर्देशन दिएको छ।
दुई वर्ष अघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा युरोपेली आयोगले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ।
लत लाग्ने खालका अत्यधिक सामग्री प्रयोगका लागि सार्वजनिक गर्ने, स्वचालितरूपमा प्रसारण हुने, प्रचारात्मक सूचना र अत्यधिक व्यक्तिगत सिफारिस प्रणालीजस्ता सुविधाहरूले चिन्ता निम्त्याएको उल्लेख गर्दै आयोगका प्रवक्ता थोमस रेग्नियरले भने, “टिकटकको लत लाग्ने डिजाइन डिजिटल सेवा ऐनको उल्लङ्घन हो।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०८२, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रयोगकर्ताको सुरक्षाका लागि टिकटकले 'इन्ड-टु-इन्ड इन्क्रिप्सन' लागू नगर्ने
विश्वसामु नेपालको प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन बोर्ड र टिकटकबीच साझेदारीको घोषणा
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक