काठमाडौं । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले प्रयोगकर्ताको गोपनीयताका लागि 'इन्ड-टु-इन्ड इन्क्रिप्सन' प्रविधि अपनाइरहँदा टिकटकले भने यो प्रविधि लागू नगर्ने भएको छ।
यो प्रविधि लागू गर्दा अपराधीहरूलाई लुक्न सजिलो हुने र प्रहरी तथा सुरक्षा टोलीले बालबालिकामाथि हुने दुर्व्यवहार वा हानिकारक सामग्रीहरू पहिचान गर्न नसक्ने भएकाले यस्तो निर्णय लिइएको टिकटकको भनाइ छ ।
'इन्ड-टु-इन्ड इन्क्रिप्सन' यस्तो प्रविधि हो जसमा पठाउने र पाउने व्यक्तिबाहेक अरू कसैले सन्देश पढ्न सक्दैनन्।
केही साइबर विज्ञहरूले टिकटकमा चिनियाँ स्वामित्व भएका कारण प्रयोगकर्ताको डेटामा पहुँच राखिरहन यस्तो निर्णय गरिएको हुन सक्ने आशंका समेत व्यक्त गरेका छन्। चीनमा 'इन्ड-टु-इन्ड इन्क्रिप्सन' माथि प्रतिबन्ध छ।
टिकटकले आफ्ना १ अर्बभन्दा बढी प्रयोगकर्ताहरू रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० फागुन २०८२, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
विश्वसामु नेपालको प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन बोर्ड र टिकटकबीच साझेदारीको घोषणा
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक