काठमाडौं । सैद्धान्तिक रूपमा बहुमतमा नरहेको सरकारले पूर्ण बजेट ल्याउन पाउने कि नपाउने भन्ने प्रश्न उठेको छ । अर्कोतर्फ जेठ १५ मा बजेट ल्याउनुअघि नै सरकारको नीति र कार्यक्रम राष्ट्रपतिले संसद्मा प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसमाथि संसद्मा छलफल हुन्छ ।
छलफल सकिएपछि नीति तथा कार्यक्रम र धन्यवाद प्रस्ताव संसद्को बहुमतबाट पारित गर्नुपर्छ । सरकारको नीति तथा कार्यक्रम नै बहुमतबाट पारित हुन सकेन भने प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था आउँछ ।
२०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारको नीति तथा कार्यक्रम फेल हुँदा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा गएका थिए । परिस्थिति त्यस्तै आउन सक्ने भए पनि नयाँ संविधानको प्रावधानले प्रतिनिधिसभा विघटन गर्ने सुविधा प्रधानमन्त्रीलाई दिएको छैन ।
सर्वोच्च अदालतले गत फागुन ११ गते सरकारको विकल्प छँदासम्म प्रतिनिधिसभा विघटन गर्न नपाउने व्याख्या गरिसकेको छ । यस्तो बेला संविधानको धारा ७६९५० को सरकार निर्माणतिर राजनीति अघि बढ्छ ।
सरकारको नीति तथा कार्यक्रम फेल हुने सम्भावना देखे प्रधानमन्त्री ओलीले पहिला बजेट नल्याएर विश्वासको प्रस्ताव ल्याउने सम्भावना पनि छ । विश्वासको मत नपाए बजेटका लागि उनले अध्यादेशको विकल्प रोज्न सक्छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ जेठ २०७८, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'