रुपन्देही । कोभिडको महामारी नियन्त्रण र उपचारका लागि अर्थमन्त्रालयले लुम्विनी प्रदेशमा करिव ४७ करोड ७ लाख ८५ हजार निकासा दिने भएको छ । प्रदेशका ४ वटा अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि ३४ करोड ६० लाख र ३ वटा अस्पतालमा एचडीयू स्थापनाका लागि १० करोड ४७ लाख ८५ हजार रुपैयाँ निकासा दिने निर्णय भएको हो ।
अर्थमन्त्रालयका अनुसार बुटवलको लुम्विनी प्रादेशिक अस्पताललाई ९ करोड ८० लाख, भेरी अस्पताल नेपालगन्जलाई १५ करोड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई ६ करोड ८० लाख र भिम अस्पताल भैरहवालाई ३ करोड रकम दिन लागिएको हो ।
यस्तै एचडीयू स्थापनाका लागि लुम्विनी प्रादेशिक अस्पतालका लागि ६ करोड २५ लाख ४० हजार, तुल्सीपुर अस्पताल दाङलाई ३ करोड १२ लाख ७० हजार र पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पताललाई १ करोड ९ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।
उक्त रकमबाट लुम्विनी प्रादेशिक अस्पतालमा २ युनिट तुल्सीपुर अस्पतालमा १ युनिट र पृथ्वी चन्द्र अस्पतालमा १० एचडीयू शय्या निर्माण हुनेछ । कोभिडका बिरामीहरुको उपचार गरी रहेका प्रदेशका यी अस्पतालहरुमा भेन्टिलेटर र अक्सिजनको अभावमा कोभिड संक्रमणका बिरामीहरुको दिनप्रति दिन ज्यान गइरहेको थियो । निकासामा चासो देखाएका थिए ।
अर्थमन्त्रालयले आइतवार कोभिड–१९ को नियन्त्रण र उपचारका लागि देशभरका २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक गरी ३५ वटा अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि द्रूत कार्ययोजनाका साथ खरिद प्रक्रिया अगाडि बढाउने गरी २ अर्व ९५ करोड २० लाख बजेट निकासा हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ जेठ २०७८, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि