काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज हुने भनिएको भेटवार्तामा दुबैतर्फका दोस्रो तहका नेताहरु सहभागी भइसकेका छन् । तर अझै प्रधानमन्त्री केपी ओली बैठकमा पुगेका छैनन् ।
सिंहदरबारमा हुने भनिएको छलफलका समय साँझ ६ बजे तोकिएको थियो । माधव पक्षका नेताहरु बैठकस्थल पुगिसकेका छन् । ओली पक्षका नेता पनि बैठकमा सहभागी छन्, तर ओली अझै बैठकस्थल पुगेका छैनन् ।
ओली पक्षका नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बैठकस्थल पुगेका छन् । नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त बैठकस्थलमा छन् । दुबै पक्षबीच छलफल सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने