काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित वसन्तटोलबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय सन्जित लामा र मकवानुर कैलाश गाउँपालिका–३ घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय अशोक लामा रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनले भने, ‘चन्द्रागिरि नगरपालिका–१२ बलम्बु वसन्तटोलबाट बाप्र ०२, ०४० प ७४७१ नम्बरको रातो रङको पल्सर एनेस २०० मोटरसाइकल हराएको हुँदा खोजतलासका लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।’
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि प्रहरी बृत थानकोट पठाइएको प्रवक्ता सुवेदीले बताए।
आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारीसाधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ जेठ २०८३, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ