काठमाडौँ । कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रवि लामिछाने सहित अन्य आरोपित विरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरेको छ ।
न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् राख्दै अन्य दुई कसुरतर्फको अभियोग दाबी कायम नहुने गरी मुद्दा संशोधन गर्ने आदेश दिएको हो । उक्त प्रकरणमा छवि र जीवीसमेत प्रतिवादीका रूपमा रहेका छन् ।
अदालतको आदेशमा सहकारी बचतकर्ताहरूले दिएको जाहेरीमा प्रतिवादीविरुद्ध संगठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी माग दाबी नरहेको उल्लेख गरिएको छ । संशोधित अभियोगपछि पनि जाहेरवालाको मागअनुसार सहकारी ठगीसम्बन्धी दाबी भने कायम रहने अदालतले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ जेठ २०८३, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने