काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिविरुद्ध आन्दोलनको आवश्यकता उत्पन्न भएको भन्दै त्यसका लागि विभिन्न पक्षलाई तयार पार्ने काम भइरहेको बताएका छन् ।
धनगढीमा आयोजित नेकपाको प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका पछिल्ला निर्णय र गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनका अनुसार देशका विभिन्न क्षेत्रमा देखिएका आन्दोलनहरू स्वतःस्फूर्त मात्र नभई संगठित राजनीतिक पहलसँग पनि जोडिएका छन् ।
दाहालले पूर्वदेखि पश्चिमसम्म भइरहेको सुकुम्वासी आन्दोलनमा आफ्नो पार्टीको समेत सक्रिय भूमिका रहेको उल्लेख गरे । सीमावर्ती क्षेत्रमा भारतबाट सय रुपैयाँभन्दा बढी मूल्यको सामग्री ल्याउँदा कर लगाउने सरकारी निर्णयले गरिब तथा सीमा क्षेत्रका नागरिकमाथि थप भार परेको उनको आरोप थियो ।
उनले वर्तमान सरकारले न्यायपालिकामाथि प्रभाव पार्ने प्रयास गरिरहेको दाबी गर्दै लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप बढेको टिप्पणी गरे । विद्यार्थी संगठन र ट्रेड युनियनहरूको अधिकार संकुचित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध व्यापक राजनीतिक तथा सामाजिक एकता आवश्यक रहेको बताए ।
उनका अनुसार आन्दोलनका लागि राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई समेत तयार पार्ने काम अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ जेठ २०८३, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपामा ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति गठन (नामावलीसहित)
कसैसँग चुनावी तालमेल नगर्ने ‘प्रचण्ड’को प्रष्टीकरण
समृद्धि र विकासका लागि फेरि नयाँ अभियान चलाउनु पर्नेमा ‘प्रचण्ड’को जोड
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरूले आफूलाई उभ्याउनु पर्छ : प्रचण्ड