एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूले राखे धारणा, बाँकी छलफल भोलि हुने

सफल खबर संवाददाता

शुक्रबार, ०८ जेठ २०८३, १९ : १६
एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूले राखे धारणा, बाँकी छलफल भोलि हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक शुक्रबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बसेको बैठकमा पदाधिकारीहरूबीच समसामयिक विषयमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले आजको बैठकमा पाँच जना उपाध्यक्षहरूले आफ्नो धारणा राखेको जानकारी दिए । उनका अनुसार सचिवालयका अन्य सदस्यहरूले भने शनिबार बस्ने बैठकमा विचार प्रस्तुत गर्नेछन् ।

भट्टका अनुसार बाँकी १२ जना सदस्यले आगामी बैठकमा आफ्नो भनाइ राख्ने कार्यतालिका तय गरिएको छ । अर्को बैठक भोलि बिहान साढे ११ बजे पुनः अध्यक्ष ओलीकै निवासमा बस्नेछ ।

उनले कार्यविभाजनसम्बन्धी विषयमा भने शुक्रबारको बैठकमा औपचारिक प्रवेश नभएको स्पष्ट पारे । केही प्रस्ताव तथा योजनामा संशोधन आवश्यक हुन सक्ने संकेत आएको र त्यसबारे सदस्यहरूले आगामी छलफलमा धारणा राख्ने तयारी रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस