चितवनमा थप ८ जना संक्रमितको मृत्यु, २५४ जना आइसियूमा

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १७ : ४४
चितवनमा थप ८ जना संक्रमितको मृत्यु, २५४ जना आइसियूमा

चितवन । पछिल्लो २४ घन्टामा चितवनमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा २५४ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ । ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेजमा ४ र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालहरुबाट ५८ जना डिस्चार्ज भएका छन्  । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४७२ जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप ३५२ जनालाई कोरोना संक्रमण देखिएको छ। भरतपुर महानगरपालिकामा १६९, खैरहनी नगरपालिकामा १३, माडीमा ८, रत्ननगरमा २४, राप्तीमा १०, कालिकामा २६ र इच्छाकामना गाउँपालिकामा २ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस