चितवन । पछिल्लो २४ घन्टामा चितवनमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा २५४ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ । ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेजमा ४ र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालहरुबाट ५८ जना डिस्चार्ज भएका छन् । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४७२ जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप ३५२ जनालाई कोरोना संक्रमण देखिएको छ। भरतपुर महानगरपालिकामा १६९, खैरहनी नगरपालिकामा १३, माडीमा ८, रत्ननगरमा २४, राप्तीमा १०, कालिकामा २६ र इच्छाकामना गाउँपालिकामा २ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने