काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीहरू फुटेको भन्दा जुटेकै राम्रो बताएका छन् । स्वकीय सचिव एवम् छोरी गंगा दाहालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीको वार्तापछि माधवकुमार नेपालले केही दिनलाई राजीनामा टरेको बताएका थिए।
अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेका थिए । फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने विषयमा ओली लचक देखिएका कारण तत्काल राजीनामा टरेको एमाले माधव नेपाल पक्षका एक नेताले बताए । उनका अनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ ।
प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नआउने निश्चित भएपछि कांग्रेस र माओवादीले नयाँ सरकारको दावी नगर्ने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, २१ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड र खनालबीच भेटवार्ता
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
‘हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन’: प्रचण्ड
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दै छ: प्रचण्ड
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड