गाउँमाभन्दा सहरमा संक्रमित बढ्दै

पत्रपत्रिकाबाट

विहीबार, ३० बैशाख २०७८, ०८ : ४५
गाउँमाभन्दा सहरमा संक्रमित बढ्दै

काठमाडौं । कोभिड–१९ को संक्रमण सहरमाभन्दा गाउँमा कम देखिएको छ। कैलालीका स्थानीय तहको संक्रमण दरको तथ्यांक हेर्दा सहरभन्दा ग्रामीण क्षेत्रमा कम देखिएको हो। बाक्लो बस्ती, आवतजावत बढी हुनु र दैनिक उपभोग्य सामानका लागि सहरी क्षेत्रका मानिस बजारमै निर्भर पर्ने भएकाले कोरोनाको संक्रमणदर गाउँभन्दा सहरमा बढेको हुनसक्ने आँकलन गरिएको छ।

कैलालीको स्थानीय तहगत तथ्यांक हेर्दा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा रहेको छ। उपमहानगरपालिकामा ४ हजार ५ सय १६ जनालाई कोरोना संक्रमण भएको थियो। जसमध्ये २ हजार १ सय ८६ जना उपचारपछि निको भएका छन् भने अहिले २ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका छन्। धनगढी सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रका साथै सुदूरपश्चिम प्रदेशकै राजधानी रहेको सहर हो। धनगढीसँगै जोडिएको गोदावरी नगरपालिका जिल्लामै दोस्रो बढी कोरोना संक्रमितको सहर रहेको छ।  

गोदावरी नगरपालिकामा १ हजार ३ सय १७ जनामा कोरोना संक्रमण भएको थियो भने ९ सय ५० जना उपचारपछि घर फर्केका छन्। गोदावरी नगरपालिकामा अहिले ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरूमध्ये केहीको अस्पतालमा उपचाररत छन् भने केही होम आइसोलेसनमै बसेका छन्। यस्तै तेस्रो नम्बरमा जिल्लाको पूर्वी क्षेत्र रहेको टीकापुर नगरपालिका रहेको छ।

५ सय ३९ जना कोरोना संक्रमित रहेको टीकापुर नगरपालिकामा ४ सय ९९ जना उपचारपछि निको भएका थिए। अहिले टीकापुर नगरपालिकामा ४० जना सक्रिय संक्रमित रहेका छन्। लम्कीचुहा नगरपलिकामा ५ सय २६ जना कोरोना संक्रमित भएका थिए। उपचारपछि निको भएका ४ सय ४६ जनापछि हाल ८० जना सक्रिय संक्रमित रहेका छन्।

कैलालीको ठूला सहर धनगढी, गोदावरी ९अत्तरिया०, टीकापुर र लम्कीचुहामा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। ठूला सहरको तुलनामा जिल्लाको मध्यवर्ती क्षेत्र रहेको गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकामा संक्रमणको दर कम छ। गौरीगंगा नगरपालिकामा ३ सय ८६ जनामा संक्रमण देखिएकोमा ३ सय ३५ जना उपचारपछि निको भएका थिए।

अहिले गौरीगंगा नगरपालिकामा ५१ जना सक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमितमध्ये केहीको सेती प्रादेशिक अस्पताल धनगढीमा र केहीको स्थानीय अस्पतालमै उपचार भइरहेको छ। घोडाघोडी नगरपालिकामा २ सय ३६ जनामा कोरोना संक्रमण देखिएको थियो।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस