ठाकुरको प्रश्न  : यो लोकतन्त्र हो कि विभेद हो ?

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १५ : ५०
ठाकुरको प्रश्न  : यो लोकतन्त्र हो कि विभेद हो ?

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अहिलेपनि आफुहरु माथि  विभेद र भेदभावको शिकार भइरहेका बताएका छन् । उनले भने , अहिलेपनि हामीले विविधतालाई मानेका छैनौं । यो लोकतन्त्र हो कि विभेद हो ?’, ठाकुरले प्रश्न गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्धा चलाइएका केहीको मुद्धा फिर्ता लिइएपनि सबैको मुद्धा फिर्ता हुनुपर्ने माग गरे । 

आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले प्रष्ट्याए । ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष र विपक्ष उभिने स्थिति नभएको बताए । ‘हाम्रो सांसद रेशम चौधरीलाई हामी यो बैठकमा हेर्न चाहान्थ्यौं तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा धेरै साथीहरु तारेखमा हुनुहुन्छ किनकी यही संविधानको कारणले’, ठाकुरले भने ।

उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको भन्दै संविधानमा व्यापक सुधार गर्नुपर्ने बताए । ‘यो संविधानमा गम्भीर त्रुटीहरु छन् । हामी संविधान संशोधनको माग फेरि राख्छौं’, ठाकुरले भने ।


प्रतिक्रिया दिनुहोस