काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अहिलेपनि आफुहरु माथि विभेद र भेदभावको शिकार भइरहेका बताएका छन् । उनले भने , अहिलेपनि हामीले विविधतालाई मानेका छैनौं । यो लोकतन्त्र हो कि विभेद हो ?’, ठाकुरले प्रश्न गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्धा चलाइएका केहीको मुद्धा फिर्ता लिइएपनि सबैको मुद्धा फिर्ता हुनुपर्ने माग गरे ।
आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले प्रष्ट्याए । ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष र विपक्ष उभिने स्थिति नभएको बताए । ‘हाम्रो सांसद रेशम चौधरीलाई हामी यो बैठकमा हेर्न चाहान्थ्यौं तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा धेरै साथीहरु तारेखमा हुनुहुन्छ किनकी यही संविधानको कारणले’, ठाकुरले भने ।
उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको भन्दै संविधानमा व्यापक सुधार गर्नुपर्ने बताए । ‘यो संविधानमा गम्भीर त्रुटीहरु छन् । हामी संविधान संशोधनको माग फेरि राख्छौं’, ठाकुरले भने ।
‘
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर