राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०८२, १४ : ५२
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव जितेका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो । दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया दिनुहोस