काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधिसिभामा बोल्दै दाहालले उक्त सुझाव दिएका हुन् । अहिले पनि राजीनामा दिएर अर्को सरकार गठनको बाटो क्लियर गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र भावना अनुरुप हुन्छ भन्ने सुझाव दिन चाहन्छु, दाहालले भने ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा बोल्दै गर्दा आफूलाई सन्तुष्टि महसुस नभएको दाहालको भनाइ थियो ।दाहालले अहिले संविधानलाई कोरोना लागेको जस्तो भएको र त्यसको जिम्मेवार ओली रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस