काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर केपी ओलीलाई सरकारबाट हटाउने निर्णय पार्टीले नगरेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीलाई हटाउने निर्णय बाबुराम र उपेन्द्र यादवको व्यक्तिगत भएको बताए । उनले यसो भन्दा देउवा छक्क परेका थिए ।
वरिष्ठ नेता राजेन्द्र महतोसहित आज बूढानीलकण्ठ पुगेर ठाकुरले जसपाको भर परेर कुनै निर्णय नलिन देउवालाई सुझाव दिए । उनले देउवालाई भने, ‘जसपाले कुनै निर्णय गरेको छैन, कसैको कुरा सुनेर अविश्वासको प्रस्ताव नल्याउनू, हाम्रो साथ र सहयोग रहने छैन ।’ उनले बाबुराम र उपेन्द्र यादवको निर्णयलाई विश्वास गरेर कदम नचाल्न देउवालाई सुझाव दिए । देउवा ठाकुरको बोली सुनेर अचम्मित भएका थिए ।
ठाकुर र महतोले देउवालाई आफूहरूबीच पार्टीमा कुनै विवाद नभएको बताएका थिए। ठाकुर र महतोले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेको पनि देउवालाई बताएका थिए । ठाकुरको कुरा सुनेपछि देउवा केही तनावमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ बैशाख २०७८, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर