काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकतान्त्रिक अभ्यास छलेर सरकारले स्वेच्छारी चरित्र देखाएको आरोप लगाएका छन् ।
आइतवार बोलाइएको संवैधानिक परिषदको बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गर्दै अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै भने, ‘संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलगत मनसायले प्रधानमन्त्रीले अध्यादेशको दुरुपयोग गरे ।
प्रचण्डको वक्तव्यमा भनिएको छ, ‘प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषदका सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’
परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले आफूहरु नजाने भनिसकेका छन् । देउवाले आजै विज्ञप्ति जारी गरेर अरुलाई पनि बैठकमा सहभागी नहुन आगह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना