काठमाडौं । नेकपा एमालेका युवा नेता आन्तरिक विवाद समाधान गर्ने प्रयासमा खटिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली मौन बस्दा समस्या समाधानमा कुनै प्रगति हुन सकेको छैन ।
दुई दिनदेखि विवाद मिलाउन कस्सिएका नेता एमालेको पुरानै पार्टी संरचनाअन्तर्गत बैठक राखेर त्यहींबाट समाधान खोज्ने पक्षमा सकारात्मक बने पनि ओली मौन बस्दा उनीहरूको प्रयाससमेत निरर्थक बनेको छ । एमालेको नेपाल–खनाल पक्ष विवाद मिलाउन सबैभन्दा पहिले २०७७ फागुन २८ गतेको निर्णय सच्चिनुपर्ने अडानमा छ ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले फागुन २८ को निर्णय सच्याउन असहमति जनाएपछि शुक्रबार हुने भनिएको ओली–नेपाल निर्णायक वार्तासमेत हुन सकेन । बालुवाटारमा दोस्रो तहका नेताले कार्यदल बनाएर विवाद निरुपण गर्नेसम्मको विषयमा छलफल गरे पनि शुक्रबार यसले निकास पाउन सकेन । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ बैशाख २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित