काठमाडौँ । अरुका मान्छे र एजेण्डासँग केपी ओलीको बढ्दो प्रेमले भन्छ, अबको चुनावका निम्ति उहाँ रणनीतिक यात्रामा लागिसक्नुभएको छ ।
जस्तो– गण्डकी प्रदेशमा दिपक मनांगेका नामले चिनिने राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाइयो । अहिले एमालेनिकट भए पनि उनको पहिचान हो, पशुपतिसमशेर राणाको बडिगार्ड, अर्थात् राप्रपाको होनहार लडाकु । अनि, सुदूरपश्चिममा अस्ति बेलुकादेखि प्रदेश प्रमुख बनाइएका छन्, गंगा यादव । ०७२ मा राप्रपाबाट प्रवेश गराइएका र उपसभामुख बनाइएका । अहिले राष्ट्रियसभामा एमालेकै तर्फबाट सांसद भए पनि गायिका कोमल वली राजनीतिक रुपमा मूलतः राप्रपाकै उत्पादन हुन् । महामन्त्री भइसकेका रेशम लामा त ओलीपक्षीय एमालेको संगठन बनाउनै हिँडिसकेका छन् ।
मान्छेहरू मात्रै तानिएको होइन, २०७२ मा हटाइएको हिन्दूत्व प्रवद्र्धनका गतिविधि, संघीयता कमजोर पार्ने खेल पनि यसै अभियानमा जोडिएका छन् । नेकपा विभाजनबाट परेको असरलाई हिन्दू जनमत तानेर पुर्ताल गर्ने लक्ष्य देखिन्छ । राजनीतिक र सैद्धान्तिक ज्ञानले नखारिएको युवा पंक्तिलाई खेलकुद, रोजगारीलगायतका नाराले समेट्न त बाँकी नै छ ।
यसरी प्रधानमन्त्रीले राप्रपाका मान्छेदेखि हिन्दू धर्म रक्षाको एजेण्डासम्ममा हात हालिसकेपछि अब अध्यक्ष कमल थापा पनि चुनावी सरकारको उपप्रधानमन्त्री नबन्नुहोला भन्न सकिन्न । उहाँले २७ गते संसदमा विश्वासको मत लिने क्रममा अघिल्लो पटकको तालमेलअनुसार जिताइएका एकमात्र सांसद झापाकै राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको पक्षमा मतदान गराउने सम्भावना रहेको छ । टोपबहादुर र बादलहरुलाई नदिई अर्को उपप्रधानमन्त्री पद यत्तिकै खाली राखिएको हैन भन्नेहरु थुप्रै छन् । उसो त ६ महिना मन्त्री बन्न मणि थापा र युवराज खतिवडाझैं कमल थापालाई मुश्किल पनि छैन । आजको जन आस्था साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ बैशाख २०७८, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित