काठमाडौँ । अरुका मान्छे र एजेण्डासँग केपी ओलीको बढ्दो प्रेमले भन्छ, अबको चुनावका निम्ति उहाँ रणनीतिक यात्रामा लागिसक्नुभएको छ ।
जस्तो– गण्डकी प्रदेशमा दिपक मनांगेका नामले चिनिने राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाइयो । अहिले एमालेनिकट भए पनि उनको पहिचान हो, पशुपतिसमशेर राणाको बडिगार्ड, अर्थात् राप्रपाको होनहार लडाकु । अनि, सुदूरपश्चिममा अस्ति बेलुकादेखि प्रदेश प्रमुख बनाइएका छन्, गंगा यादव । ०७२ मा राप्रपाबाट प्रवेश गराइएका र उपसभामुख बनाइएका । अहिले राष्ट्रियसभामा एमालेकै तर्फबाट सांसद भए पनि गायिका कोमल वली राजनीतिक रुपमा मूलतः राप्रपाकै उत्पादन हुन् । महामन्त्री भइसकेका रेशम लामा त ओलीपक्षीय एमालेको संगठन बनाउनै हिँडिसकेका छन् ।
मान्छेहरू मात्रै तानिएको होइन, २०७२ मा हटाइएको हिन्दूत्व प्रवद्र्धनका गतिविधि, संघीयता कमजोर पार्ने खेल पनि यसै अभियानमा जोडिएका छन् । नेकपा विभाजनबाट परेको असरलाई हिन्दू जनमत तानेर पुर्ताल गर्ने लक्ष्य देखिन्छ । राजनीतिक र सैद्धान्तिक ज्ञानले नखारिएको युवा पंक्तिलाई खेलकुद, रोजगारीलगायतका नाराले समेट्न त बाँकी नै छ ।
यसरी प्रधानमन्त्रीले राप्रपाका मान्छेदेखि हिन्दू धर्म रक्षाको एजेण्डासम्ममा हात हालिसकेपछि अब अध्यक्ष कमल थापा पनि चुनावी सरकारको उपप्रधानमन्त्री नबन्नुहोला भन्न सकिन्न । उहाँले २७ गते संसदमा विश्वासको मत लिने क्रममा अघिल्लो पटकको तालमेलअनुसार जिताइएका एकमात्र सांसद झापाकै राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको पक्षमा मतदान गराउने सम्भावना रहेको छ । टोपबहादुर र बादलहरुलाई नदिई अर्को उपप्रधानमन्त्री पद यत्तिकै खाली राखिएको हैन भन्नेहरु थुप्रै छन् । उसो त ६ महिना मन्त्री बन्न मणि थापा र युवराज खतिवडाझैं कमल थापालाई मुश्किल पनि छैन । आजको जन आस्था साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ बैशाख २०७८, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विधान महाधिवेशन : भण्डारी–पोखरेल समूह सामूहिक फरक मतको तयारीमा, ओलीले सुरु गरे ‘गोप्य’ सर्वेक्षण
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
एमालेले बोलायो आकस्मिक बैठक
एमालेका ४७ जना महाधिवेशन प्रतिनिधि कता हराए ?
एमालेको विधान महाधिवेशन : प्रतिनिधिलाई प्रवेश शुल्क नलाग्ने, आवासको ब्यवस्थापन आफैं गर्नुपर्ने
विधानमा सुझाव दिन एमाले कोशीमा १० सदस्यीय कार्यदल