काठमाडौं । मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट बैशाख १९ गते एपीएफ टोलीले ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षिय अमोद यादव र भारतमा घर बताउने १८ वर्षिय अभिषेक चौधरी छन् ।
्सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि उक्त रुपैयाँसहित पक्राउ गरिएको हो ।
्त्यसवेला एपीएफ टोलीले निज यादवको साथमा ५ लाख रुपैयाँ र निज चौधरीको साथमा ६ लाख ५० हजार रुपैयाँ फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ