नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपाल पक्षका सबै नेतालाई जिम्मेवारीविहीन बनाएका छन्।
शुक्रबार दिउँसो ओलीले खनाल–नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसेर एकलौटी रूपमा स्थायी कमिटी पुनर्गठन गरेका छन्।
बैठक बालुवाटारमा बसेको थियो। बैठकमा ओलीले नेपाल पक्ष पार्टीभित्र आउन नचाहेको बताएका थिए।
यसैबीच नेता नेपालले ओलीमा धराहराभन्दा माथिको दम्भ रहेका कारण मिलाउनेभन्दा बिगार्न लागिपरेको बताएका छन्। ‘केपी ओलीको दम्भ अहिले धरहराभन्दा माथि चढेको छ।
हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो, त्यो धरहरा देखेर उहाँले दम्भ देखाइरहनुभएको थियो। त्यो दम्भको कुनै अर्थ छैन। हामी आन्दोलन छोड्दैनौं, पार्टी छोड्दैनौं, लोकतन्त्र छोड्दैनौं, संघीयता त्याग्दैनौं’, नेपालले जनकपुरमा भने।
ओलीले पार्टीभित्र प्रवेश निषेध गरेपछि नेपाल पक्ष समानान्तर कमिटी बनाउँदै अर्को दलको तयारीमा लागेको स्रोतले बताएको छ। नाम र झन्डासमेत तय भएको दाबी स्रोतले गरे पनि नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ११ बैशाख २०७८, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग