काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र)बाट एमालेमा समाहित बनेकाहरू स्वतः एमालेको सदस्य हुने गरी नयाँ कार्ययोजना प्रस्तुत गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले पार्टीको असारसम्मको कार्ययोजना प्रस्तुत गरेका हुन् ।
कार्ययोजनामा जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटीलाई अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र जनवर्गीय सङ्गठनहरूको पनि पुनर्गठन गर्ने प्रस्ताव गरिएको छ ।परराष्ट्रमन्त्री तथा नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कर्णाली प्रदेशमा पार्टी ह्विपविपरीत गतिविधि गर्ने चार जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरणका लागि दुई दिन म्याद थप गरिएको जानकारी दिए ।
उनले मुलुकको राजनीतिक जटिलताको अवस्थाबारे बैठकमा छलफल भएको र कुनै पनि बेला निर्वाचनमा जानुपर्ने परिस्थिति रहेकाले पार्टीले सोहीअनुसार गतिविधि अगाडि बढाउने निर्णय गरेको बताए । आगामी महाधिवेशन केन्द्रित गरी असार मसान्तसम्म सबै पार्टी सदस्यता नवीकरण गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
वैशाख १० गते पुनः केन्द्रीय कमिटीको बैठक बस्ने जनाइएको छ ।महासचिव पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावमा नेकपाको विवादका बेला प्रचण्ड–माधव पक्षमा लागेका नेता कार्यकर्तालाई एमालेको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र उनीहरूलाई आवश्यकता र योग्यताअनुरूप उपयुक्त जिम्मेवारी दिने उल्लेख छ ।गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ बैशाख २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग