अन्तर्वार्ता

‘बिपीको समाजवादको धारा र ‘हलो’ कसरी मिल्छ ? कांग्रेस उल्टो बाटो हिँडेको छ’ : प्रचण्ड

विहीबार, १४ मंसिर २०७४, १० : २१
‘बिपीको समाजवादको धारा र ‘हलो’ कसरी मिल्छ ? कांग्रेस उल्टो बाटो हिँडेको छ’ : प्रचण्ड


चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चितवन–३ बाट चुनावी प्रतिस्पर्धामा छन् । राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे उनिबिरुद्धको चुनावी मैदानमा छन् ।

आफ्नो एकमात्र छोरा प्रकाशको निधनले पारिवारीक पिडामा रहेका प्रचण्ड आँशु लुकाएर चुनावी मैदानमा खटिरहेका छन् । बाँदरझुला र माडी नगरपालिकाको चुनावी अभियान सकेर फर्केका प्रचण्डले मंगलबारसम्म पश्चिम चितवनको पर्साढाप र भगाहा सम्मको घरदैलो सकिसकेका छन् । (प्रस्तुत छ उनिसँग गरिएको कुराकानी)

दशबर्षे जनयुद्धपछी, शान्ति प्रक्रिया मार्फत मुलुकलाई संविधान दिने काममा महत्वपुर्ण भुमिका खेल्नुभो, रोल्पा सिराहा हुँदै  किन चितवन–३ छान्नुभो ?
परिस्थति हेरेर गम्भिर र साहसिक निर्णय गर्ने अवसर मलाई जुटेको छ । नेपाली जनताले मलाई त्यसै रुपमा विकास गरे । एउटै नेताले विद्रोह र शान्ति प्रक्रियानको नेतृत्व गर्दै संविधान निर्माण गर्ने अवसर कमै मान्छेलाई जुट्छ । विद्रोह, शान्ति प्रक्रिया र संविधान निर्माणमा मलाई जताको साथ मिल्यो, अब विकास र संवृद्धिको नेतृत्व पनि प्रचण्डले गरोस भन्ने आम नेपाली जनताको चाहना रहेको छ ।
पहिलो पटक रोल्पा र काठमाडौंबाट चुनाव लडेँ, मेरो चाहना त चितवन आउने थियो । मैले पढेलेखेको हुर्के बढेको चितवनमा हो, तर त्यतिवेला विद्रोहको केन्द्र र देशको राजधानीको मनोविज्ञान नजोडीकन शान्तिप्रक्रिया टुंग्याउन संभवन थिएन् । त्यो मनोविज्ञान जोड्नका लागी दुई ठाउँबाट उठेँ ।  
दोस्रोपटक,  सिराहाबाट चुनाव लडेँ, किनभने काठमाडौंबाट तराई टाढा–टाढा जाने खतरा थियो । कता कता अलगावबाद र विखण्डनबाद हावी हुने होकी भन्ने र मधेशी जनामाको मनमा काठमाडौंले हामीलाई अपमान पो गरेको छकी भन्ने भावना विकास हुँदै थियो । अनि पहाडतिर चाहिँ मधेशमा अलगवाबाद आउन लागेको चिन्ता ! यो दुरी कसले घटाउने भन्ने प्रश्न उठ्यो, अनि मैले नेतृत्व गरेको युद्धका क्रममा मधेशमा मात्र १३ सय मान्छेको ज्यान गएको छ । त्यसैले मधेश र काठमाडौं जोडनु मेरो दायित्व बन्यो दोस्रो पटक पनी चाहँदा चाहँदै चितवन आउन सकिँन् ।
अब देशमा ठुलो क्राईसिस छैन, त्यसैले अब आफु हुर्केबढेको जिल्लामा जाुनपर्छ, विकास र संवृद्धिको काम चितवनबाट नै अगाडी बढाउनुपर्छ चितवनका सचेत जनताको अभिमत लिएर राष्टको संवृद्धिका लागी काम गर्नुपर्छ भनेर चितवन आएको हुँ ।

तपाईसँग चिवन विकासका एजेन्डाहरु के छन् ?  
शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा चितवन एउटा हबको रुपमा विकास होस् भन्ने मैले चाहेको छु । दोस्रोपटक प्रधानमन्त्री हुँदा शक्तिखोरमा औधोगिक क्षेत्र  निर्माणको कुरा भएको छ, यता चित्रबनमा राष्ट्रिय स्तरको रंगशाला निर्माणको बजेट निकासा भएर काम अगाडी बढेको छ ।
भरतपुरमा प्रदर्शनी केन्द्र बनाउने काम अघी बढीनै सकेको छ । सवैले राष्ट्रिय स्तरको लिडर, बिद्रोह र शान्ति प्रक्रियाको लिडर पनी भएको हुनाले यहाँबाट चुनाव लड्दा चितवन र राष्ट्रकै संवृद्धिमा योगदान हुन्छ भन्ने विश्वास जनताको रहेको मैले पाएको छु ।
नारायणीमा थप दुईओटा पुल निर्माण गर्दै, नारायणी र राप्ती नदिलाई अधिकतम उपयोग गरेर संवृद्धिको एउटा आधार तय गर्न सकिन्छ ।
गोलाघाटमा पुल, माडी र भरतपुर जोड्ने सुरुङमार्ग निर्माण गर्ने योजना सहित म चितवन आएको छ । मुख्य कुरा चाही केरुङ देखी ठोरी हुँदै भारतसम्मको बाटो खोलेर भारत–चिन बिचको ब्यापारीक मार्गको निर्माण गर्दै चितवनको मुहार फेर्ने र एशियाली मापदण्डको शहर बनाउने मैले सोचेको छु ।

तपाई भिजन भएको नेता हो, कांग्रेसँग मिलेर १२ बुँदे संझौता हुँदै संविधान निर्माण गर्नुभो, अहिले किन कांग्रेसलाई छाडेको ?
कांग्रेसलाई छाडेको छैन, अहिले पनी देउवा जि को सरकारमा हाम्रा मन्त्रिहरु सँगै छ्न । यद्यपी उँहाले बिना विभागीय बनाउनुभो ।  मैले कांग्रेसलाई धोका दिएको पनि छैन, कांग्रेसको सरकार गिराउन बाम गठबन्धन गरेको हैन, यो देशमा राजनितीक स्थायित्व ल्याउन र विकास र संवृद्धिका लागी दुर दृष्टिबाट हेरेर यो निर्णय लिएका हौं ।
तपाईलाई प्रधानमन्त्री शेरबहादुरले कम्युनिष्ट शासन ल्याउन एमालेसँग मिलेको आरोप  छ नी ?
प्रचण्डले कम्युनिष्ट सरकार बनोस भनेर चाहनु विल्कुल जाहेज र स्वभाविक छ ।

स्थानिय तहमा रोल्पा, रुकुम, जाजरकोट सल्यान, कालिकोटमा नेपाली कांग्रेसले त्यतिवेलाको प्रतिपक्षी एमालेसँग तालमेल गरेको चुनाव लडेको थियो । मैले किन मिल्या प्रतिपाक्षीसँग भनेर कहिल्यै भनिनँ, यद्यपी म त्यतिवेला प्रधानमन्त्री थिएँ । त्यतिवेला कांग्रेस र एमाले आठ–दश  जिल्लामा मिल्दा सहि हुने ? मैले ७७ ओटै जिल्लाम मिल्छु भनेर के गल्ति गरेँ ?


तपाईले गिरीजाबावुसँग मिलेर १२ बुँदे संझौता गर्दा जुन सोच राख्नुभएको थियो, अहिले आएर कांग्रेर र माओवादी केन्द्र मिल्नुपर्छ भन्ने जनमत हुँदाहुँदै किन अर्को कदम चाल्नुभो ?
कांग्रेस र माओवादी मिलेको देख्न चाहने जनताको एउटा तप्का थिएन्, भनेर म भन्दिनँ, तर त्यसको लागी कांग्रेस नै तयार देखिएन् । स्थानियत तहको दुई नम्बर प्रदेशमा जसरी चुनाव भयो, त्यसबाट के देखिन्छ भने कांग्रेस नै तयार थिएन् । तत्कालको कुरा भन्दा कांग्रेसमा गाम्भिर्यताको कमी, यो विषयलाई उसले रणनिती बुझन् सेकन् ।
दिर्घकालिन रुपमा भन्नुहुन्छ भने  अन्तत कम्युनिष्टहरु नै मिल्नुपथ्र्यो । कांग्रेसहरु कांग्रेसँगै मिल्नुपथ्र्यो । देशको स्थिरता र विकासको निम्ती बिचार मिल्नेहरु नै एक ठाउँमा हुनुपथ्र्यो त्यसकारण म यता आएको छु ।
तपाई जहाँबाट उठेपनी जित्न सक्ने नेता हो, आज चितवन–३ मा कांग्रेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ किन ?
तपाईले यहि कुरा बुझुन्भएन, कांग्रेसँग प्रतिस्पर्धा गर्न पाएको भए खुसी हुन्थेँ, तर यहाँ त कांग्रेस छैन । समर्थन गर्ने कुरा अलग हो । यहाँ कांग्रेसका ईमान्दार, निष्ठावान, धेरै पुरानो संघर्ष लामो ईतिहाँस भएका नेताहरु कांग्रेसको यो निर्णयबाट यत्तिधेरै चिन्तीत हुनुहुन्छ, असुन्तुष्ट हुनुहुन्छ । अब बुढेसकालमा हलो ? राप्रपलाई समर्थन गर्नुपर्ने ! उँहाहरुलाई कहिँ कतै चित्त बुझेको मैले देख्दिनँ ।
शान्ति संझौताको हस्ताक्षरकर्ता गिरीजाबावुले मृत्युशैयाबाट शान्ति प्रक्रिया टुंग्याउने र देश सम्हाल्ने तपाईको जिम्मा भनेर जनुभएको थियो । यो कुरा कांग्रेस र आम जनताले पनी थाहा पाएकै छन् ।
शेरबहादुर जि ले मलाई संदसको रोष्टमबाटै राजनेता भन्नुभएको थियो, अब अहिले मैले चितवन बाट लड्छु भन्दा कांग्रेसले  ठिक छ उँहालाई नै समर्थन गर्छौ भनिदिएको भए मैले मञ्चबाट शेरबहादुरलाई पनी राजनेता भन्थेँ । कत्ति राम्रो हुन्थ्यो !


कांग्रेसका याहाँ बरिष्ठ ठुला–ठुला नेताहरु छन् उनिहरुलाई दिएको भए सम्मानजनक स्वस्थ प्रतिस्पर्धा गर्थे, तर उँहाहरु उल्टो बाटो हिँड्नुभो । विपीको समाजवादको धारा गिरीजाबावुको शान्ति संझौता र गणतन्त्रको धारासँग यो हलोलाई समर्थन गर्ने कुरा  मिल्या छ त ?

कांग्रेसका निष्ठावान कार्यकर्तालाई के भन्नुहुन्छ ?
तपाइृहरुले नैतिकताको आधामार विपी र  विपी र गिरीजाबावुको लाईनको अधारमा मलाई समर्थन गर्नुपर्छ । तपाईहरुले हँसिया हथौडामै भोट हाल्नुपर्छ भनेर मैले भन्ने गरेको छु । उँहाहरुलाई त्यसो गर्न गाह्रो,  पार्टीले हलोमा निर्णय गरेकोको छ, राप्रपालइ समर्थन गरेको छ । हाम्रा केही साथिहरुले भन्छन्,  हलो भाँचियो भनेर । म त्यहि भाषा त धेरै भन्न चाहन्न, किनभने यहाँको राप्रपा १९ बर्षसम्म जिल्ला अध्यक्ष भएको मान्छे अहिले माओवादीमा प्रवेश गर्नुभो, सयौं कार्यकर्ता लिएर आउनुभएको छ । त्यसकारण उँहाको हलो पनी अब सग्लो छैन्, कांग्रेसका साथिहरु त्यही बोकेर हिँडीराख्नुभा छ  । त्यसो हो भने, निष्ठावान  कार्यकर्तालाई मैले के भनेको छु भने, विपीको भनाई अनुसार निर्णय गर्न अब्ठेरो परेको बेलामा एकमुठी माटो समानुस छातीमा राख्नुस अन्तरआत्माले जे भन्छ त्यही गर्नुस् । हामीपनी अब लोकतान्त्रिक तरिकाबाट नै समाजवादमा जाने भनेका छौं त्यसैले सिद्धान्तमा पनी ठुलो खाडल छैन त्यसैले इमान्दार कार्यकर्ताले छातीमा हात राखेर सोच्दा प्रचण्डलाई नै भोट हाल्ने देखेको छु ।

कांग्रेसले रेणुलाई जिताए, अब प्रचण्डलाई जिताउने पनी कांग्रेस नै हुन त ?
हैन, जित्न त गठबन्धन र जनताको मतका आधारमा जितिन्छ । मलाई चितवनमा दुई पटक प्रधामन्त्री भएको एक मात्र नेताको रुपमा चितवनका जनताले हेरेका छन् । विकास निर्माण र समृद्धि गर्न सक्नेको नेता र राजनितीक परिवर्तनको बाहकको रुपमा पनी हेरेको पाएको छु ।  हिजो बाम गठबन्धन बन्नुभन्दा अगाडी नै पार्टीबाट म यहाँ आउने निर्णय भएको थियो । म एक्लै चुनाव जित्छु भन्ने आँटले आएको थिए, किनकी चितवनका जनताप्रती मलाई भरोसा थियो, छ । खाली पार्टी कत्ति ठुलो र सानोको कुरा हुँदैन कहिलेकाँही ब्यक्तित्व या आफुले खेलेको भुमिकाको कारण  जनताले उभारको रुपमा समर्थन गर्छन् । मलाई त्यो विश्वास थियो, झन एमाले र माओवादी बिच पार्टी एकता गर्ने भनेर पार्टी एकता संयोजन समतिी बनेपछी र बाम गठन्धनको साझा उम्मेद्वारको रुपमा आएपछी मेरो जित त्यताबाट पनी सुनिश्चीत थियो । तर म चाहन्छु कांग्रेसले पनी मलाई समर्थन गरोस् ।

तपाई आफु कांग्रेसको पनी मत लिएर चितवन ३ बाट सर्वसम्मत निर्वाचित हुने चाहना हो ?   
मेरो चाहना त्यही नै हो । हिजो हामी सवैले सहकार्यमा संविधान बनायौं । शान्ति सम्झौता गर्दा सात दलको तर्फबाट गिरीजा प्रसाद कोईरला र नेकपा माओवादीको तर्फबाट हस्ताक्षर गरेर शान्ति संभाmैता भयो । कांग्रेस एमाले र माओवादीको सहकार्यमा १२ बुँदे संझौता भयोे, भोली एमाले र माओवादीको पार्टी एकता भएपछि पनि कांग्रेसँग सहकार्य भईराख्न सक्छ । त्यसैले विकास निर्माण संमृद्धि र भोलिको राष्ट्रिय सहकार्यको निम्ति पनि कांग्रेसले मलाई दिनुपथ्र्यो भन्ने मेरो दाबी हो ।

बाम गठबन्धनको बहुमत आउने आधार के छ ?
तथ्यांक नै हेरे पनि हुन्छ । २०७० सालको संविधानसभाको निर्वाचन र स्थानिय तह चुनावको तथ्यांक नै हेर्दा मात्र पुग्छ । बाम भित्रको एकता मनभित्रै देखि छ । आज विहान मात्रै कमरेड ओलीसँग लामो कुराकानी भयो, ३२ जिल्लामा हामीलाई दुई तिहाई भन्दा बढी आएको निष्कर्षमा पुगेका छौं ।

दोस्रो चरणमा दुई तिहाईको टार्गेटमा छौं । कत्ति आउँछ भन्ने कुरा जनताले फैसला गर्छन ।
देउवाले कम्युनिष्टको बहुमत आउँदैन्, कम्युनिष्ट शासनमा रुन पनी पाईदैन भन्नुभा छ नी ?
यो कुराको जवाफ म देउवाजीकै भाषामा दिन चाहन्न । कांग्रेसले रुवायो हामी त्यसो गर्दैनौं भन्न पनि सकिन्छ । थुप्रै उद्योगधन्दा कल काराखाना कौडीको भाउमा बेचेर जनतालाई रुवायो, विकास, निर्माण संमृद्धि भएन हामी त्यसो गर्दैनौं कांग्रेसले रुवाएको रुवायै छ हामी हँसाउँछौं भनेर धेरै आरोपीत गर्न चाहन्न ।

तर, कुरा के भने बाम गठबन्धनको पक्षमा लहर आई नै सकेको छ, उँहाले बहुमत कुनै हालतमा रोक्न सक्नुहुन्न । आउदै भने पनि स्विकारिन्छ ,जनताको अभिमतको सम्मान हामी गर्छौ । लोकतन्त्रमा, शान्ति प्रक्रियामा प्रतिस्पर्धामा आईसके पछि खेलको नियमलाई पलना गर्नै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस