काठमाडौँ । नवगठित मधेश प्रदेश सरकारले यसअघिको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ ।
आज बसेको मधेश सरकारको मन्त्रिपरिषद् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव रोहित कुमार कोइरालाले जानकारी दिए ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा गत कात्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
मधेश सरकारबाट समर्थन फिर्ता लिने एमालेको तयारी
मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता
मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने