एजेन्सी । भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय (ओडीआई) शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ इतिहास रचेका छन्। शृङ्खलामा सर्वाधिक ३०२ रन बनाएका कोहलीले 'प्लेयर अफ द सिरिज' को उपाधि जितेसँगै पूर्व क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमान भङ्ग गरेका छन्।
यो उपाधिसँगै विराट पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै पटक 'प्लेयर अफ द सिरिज' बन्ने खेलाडी बनेका छन्। यो उनको करियरको २०औँ 'प्लेयर अफ द सिरिज' अवार्ड हो। यसअघि यो कीर्तिमान तेन्दुलकरको नाममा थियो, जसले आफ्नो करियरमा १९ पटक यो उपाधि जितेका थिए।
सर्वाधिक 'प्लेयर अफ द सिरिज' जित्ने खेलाडीहरूको सूचीमा कोहली र तेन्दुलकरपछि बङ्गलादेशका साकिब अल हसन तेस्रो स्थानमा छन्, जसले १७ पटक यो उपाधि जितेका छन्। त्यस्तै, दक्षिण अफ्रिकाका ज्याक्स कालिसले १४ पटक तथा श्रीलंकाका सनथ जयसूर्या र अस्ट्रेलियाका डेभिड वार्नरले समान १३-१३ पटक यो सम्मान प्राप्त गरेका छन्।
दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा विराटले सानदार ब्याटिङ गर्दै लगातार दुई खेलमा शतक र अन्तिम ओडीआईमा अर्धशतक प्रहार गरेका थिए।कोहली अहिले उत्कृष्ट लयमा देखिएका छन्। पछिल्ला ४ ओडीआई इनिङ्समा उनले २ शतक र २ अर्धशतकसहित कुल ३७४ रन बनाएका छन्। योसँगै उनले आफ्नो करियरमा नवौँ पटक लगातार चार इनिङ्समा ५० वा सोभन्दा बढी रन बनाउने उपलब्धि हासिल गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा २८,००० रनको कोसेढुङ्गा पार गर्न विराट अब मात्र २५ रन टाढा छन्। यद्यपि, सन् २०२५ मा भारतीय टोलीको कुनै पनि एकदिवसीय खेल तालिकामा नभएकाले यो कीर्तिमान बनाउन उनले अर्को वर्षसम्म कुर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २१ मंसिर २०८२, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान
आरसीबीको विजयोत्सवमा भगदौड मच्चिदा ११ जनाको मृत्यु, विराट कोहलीले भने 'घटनाबाट स्तब्ध भएको छु'
आरसीबीले पहिलोपटक आईपीएल उपाधि जितेपछि किन भावुक भए विराट कोहली ?
विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा
टी–२० क्रिकेटमा १३ हजार रन बनाउने पहिलो भारतीय खेलाडी बने विराट कोहली