काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रचार समिति अध्यक्ष केपी ओलीको कब्जामा परेको छ । महाधिवेशन सम्पन्न गर्न बनाइने प्रचार समितिमा पार्टीभित्र प्रतिस्पर्धामा रह्न चाहने सबै पक्षको सहभागिता र सबैको विचारको सम्मान गर्नुपर्ने भएपनि महाधिवेशन प्रचार समितिलाई ओली र ओली पक्षधर नेताहरुको मात्र विचार, समाचार सम्प्रेषण गर्न निर्देशन गरिएको छ ।
यस आधारमा महाधिवेशन प्रचार समिति नै ओलीको कब्जामा देखिएको छ । एमाले महाधिवेशन मंसिर २७ देखि २९ सम्म हुँदैछ । उद्घाटन शत्र भक्तपुरको सल्लाघारीमा र बन्दशत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।
अबको नयाँ नेतृत्वका लागि अध्यक्ष ओली आफैं तेहेरिने तयारीमा छन भने उनलाई काउन्टर दिन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल मैदनमा उत्रने तयारीमा छन् । महाधिवेशन प्रचारप्रसारका लागि एमालेले प्रचार विभागको तर्फबाट शनिबार देखि इबुलेटिन प्रकाशन शुरु गरेको छ । ओलीले उद्घाटन गरेको इबुलेटिनमा ओलीलाई फेरि अध्यक्ष बनाउनु पर्ने नारासहितका प्रचार सामाग्रीमात्रै प्रकाशनमा समेटिएको छ ।
पार्टीको महाधिवेशन प्रचार समितिले पक्षधरता देखाउन नहुने र पर्टीभित्रका सबै पक्ष र विचारलाई उत्तिकै सम्मानका साथ समावेश गर्नुपर्नेमा पोखरेल पक्षका नेताहरुका सामाग्री, सन्देश, समाचारलाई पूर्णतः निषेध गरिएको छ । दुई दिन यताका सामाग्रीमा पुरै ओलीलाई फेरि अध्यक्ष बनाउनु पर्ने, ओलीको विकल्प एमालेमा खोज्नु नहुने जस्ता सामाग्री, विचार र अन्तवार्तालाई मात्र प्राथमिकता दिइएको छ ।
इतर पक्षले भने यसलाई ओलीले प्रचार संन्यत्रप नि एकलौटी बनाएको र अर्काे पक्षलाई पूरै निषेध गरेर महाधिवेशन प्रचार संन्यत्रलाई कब्जामा लिएको आरोप लगाएको छ । महाधिवेशन प्रतिनिधि चयन, प्रचार प्रसार देखि सम्पूर्ण ब्यवस्थापनमा ओलीले सस्थागत धाँधली गरेर कब्जा निति लिएको आरोप पोखरेल पक्षले लगाउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुमबासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरियो: एमाले
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने