काठमाडौं । व्यवसायी तथा राजसंस्थावादी अभियन्ता दुर्गा प्रसाईँ प्रधानमन्त्रीसँग वार्ता गर्न सिंहदरबार पुगेका छन् । उनी आफ्नो सुरक्षा दस्ताको दलबलसहित गएका हुन् ।
सिंहदरबार प्रवेशपछि सञ्चारकर्मीहरूले उनलाई घेरेका थिए । प्रसाईँले आफू राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापना लगायतका मागहरू प्रधानमन्त्रीसँग राख्ने बताए ।
प्रधानमन्त्री जसरी नै दलबलसहित आउनु भयो त ? भन्ने एक सञ्चारकर्मीको प्रश्नमा उनले जवाफ दिए- एउटा सरकार बाहिर पनि छ भन्ने थाहा छैन ?’
प्रसाईँले २०६२/६३ मा जनआन्दोलनमा धर्मनिरपेक्ष र संघीयता ल्याउने तथा राजसंस्था हटाउने म्यान्डेट नरहेको बताए । त्यो गल्ती अहिलेको सरकारले सच्याउनुपर्ने उनको भनाइ थियो ।
‘हिजो प्रचण्डहरूले पनि बालुवाटारमा आए ? गणतन्त्र मागेका हुन् । आज म पनि माग्न आएको हो । हिजो प्रचण्डहरूले गणतन्त्रका लागि सशस्त्र विद्रोह गरे । हामी राजसंस्थाका लागि निःशस्त्र विद्रोह गर्छौँ ।’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप