काठमाडौं । व्यवसायी तथा राजसंस्थावादी अभियन्ता दुर्गा प्रसाईँ प्रधानमन्त्रीसँग वार्ता गर्न सिंहदरबार पुगेका छन् । उनी आफ्नो सुरक्षा दस्ताको दलबलसहित गएका हुन् ।
सिंहदरबार प्रवेशपछि सञ्चारकर्मीहरूले उनलाई घेरेका थिए । प्रसाईँले आफू राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापना लगायतका मागहरू प्रधानमन्त्रीसँग राख्ने बताए ।
प्रधानमन्त्री जसरी नै दलबलसहित आउनु भयो त ? भन्ने एक सञ्चारकर्मीको प्रश्नमा उनले जवाफ दिए- एउटा सरकार बाहिर पनि छ भन्ने थाहा छैन ?’
प्रसाईँले २०६२/६३ मा जनआन्दोलनमा धर्मनिरपेक्ष र संघीयता ल्याउने तथा राजसंस्था हटाउने म्यान्डेट नरहेको बताए । त्यो गल्ती अहिलेको सरकारले सच्याउनुपर्ने उनको भनाइ थियो ।
‘हिजो प्रचण्डहरूले पनि बालुवाटारमा आए ? गणतन्त्र मागेका हुन् । आज म पनि माग्न आएको हो । हिजो प्रचण्डहरूले गणतन्त्रका लागि सशस्त्र विद्रोह गरे । हामी राजसंस्थाका लागि निःशस्त्र विद्रोह गर्छौँ ।’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी
‘राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा छन्’ : दुर्गा प्रसाईं