काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको ढुंगो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।
मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टिबारे पनि छलफल गरिने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा. धवलशम्शेर जबराले पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
समसामयिक राजनीतिक युवा सहभागिता वृद्धि गर्ने, संगठन सुदृढीकरण, पार्टीले उठाएका मुद्दाहरू स्थापित गर्ने विषयमा छलफल गरिने बैठकमा पार्टी निकट जनवर्गीय संगठनका समीक्षा गरिने तथा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग