काठमाडौँ । नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च अदालतमा विघटनविरुद्ध रिट दायर गरेको छ। आइतबार कांग्रेस निर्वाचन समितिका संयोजकसमेत रहेका पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाँतीले वारेसनामामार्फत रिट सर्वाेच्चमा दायर गरेका हुन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकको हस्ताक्षरमा संसद् पुन: स्थापनाको मागसहित आइतबार रिट दायर भए पनि महामन्त्री गगनकुमार थापा भने उक्त रिट पार्टीको तर्फबाट नभएको तर्क गर्छन्।
‘सर्वोच्चमा रिट लिएर नेपाली कांग्रेस गएको छैन। संसदीय दल वा केन्द्रीय समितिबाट रिटमा जाने निर्णय भएको छैन,’ थापाले भने, ‘नेपाली कांग्रेसले केन्द्रीय समितिबाट जे निर्णय गरेको छ त्यही नै कार्यान्वयन गर्ने हो।’
तर थापाले त्यसलाई व्यक्तिगत रिट भएको बताउँदै थपे, ‘कांग्रेसको बैठकमा पुनस्र्थापनामा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। चुनावमा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। यो त्यही संसद् पुनस्र्थापनामा जानुपर्छ भन्ने पक्षको आवाजको प्रतिनिधित्व हो। निर्वाचनमा जाने हाम्रो निर्णयमा रिटले कुनै फरक पार्दैन । हाम्रो निर्णय कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ। व्यक्तिगत रूपमा रिट लिएर जाने स्वतन्त्रता सबैलाई छ।’
महामन्त्री थापाले भने रिट नेपाली कांग्रेस पार्टी वा संसदीय दलका तर्फबाट नभएको दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति